लुक्लामा कार्गो विमान दुर्घटनाग्रस्त

  • 27 मे 2017
तस्वीर कपीराइट DHAN KUMAR TAMANG
Image caption खराव मौसममाझ अवतरण गर्ने क्रममा विमानस्थल नजिकै ठोक्किएर विमान खोंचमा खस्न पुगेको थियो

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै एक कार्गो विमान अवतरणको क्रममा शनिबार दिउसो दुर्घटनाग्रस्त भएको छ।

गोमा एअरको टर्बोप्रप विमान खराव मौसममाझ अवतरण गर्ने क्रममा तेन्जिङ-हिलरी विमानस्थल नजिकै ठोक्किएर खोंचमा खसेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बीबीसीलाई बताए।

लगत्तै विमानमा सवार दुई चालक र एक परिचारिकाको जिवितै उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो।

"दुई चालकको अवस्था निकै गम्भीर रहेको र परिचारिका चाहिँ बोल्न सक्ने अवस्थामा भएको थाहा पाएको छु," पाण्डेले भने -

"मौसम सफा हुने वित्तिकै हामी घाइतेलाई हेलिकोप्टरमा काठमाण्डू लैजाने तयारीमा छौं।"