लुक्लामा कार्गो विमान दुर्घटनाग्रस्त

  • 27 मे 2017
गोमा एअरको टर्बोप्रप विमान तस्वीर कपीराइट DHAN KUMAR TAMANG
Image caption खराव मौसममाझ अवतरण गर्ने क्रममा विमानस्थल नजिकै ठोक्किएर विमान खोंचमा खस्न पुगेको थियो

लुक्ला विमानस्थल नजिकै भएको विमान दुर्घटनामा घाइते भएका एक विमान चालकको उपचारको क्रममा मृत्यु भएको र एक विमान चालक र एक परिचारिकाको लुक्लाको सामुदायिक अस्पतालमा उपचार भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले बताएका छन्।

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै गोमा एअरको एक कार्गो विमान अवतरणको क्रममा शनिबार दिउसो दुर्घटनाग्रस्त भएको थियो।

गोमा एअरको टर्बोप्रप विमान खराव मौसममाझ अवतरण गर्ने क्रममा तेन्जिङ-हिलरी विमानस्थल नजिकै ठोक्किएर खोंचमा खसेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बीबीसीलाई बताए।

लगत्तै दुई विमान चालक र एक परिचारिकाको उद्धार गरी नजिकैको अस्पतामा पुर्याइएको थियो।

पाण्डेले भने, "एक विमान चालकको उपचारको क्रममा मृत्यु भयो। घाइते अर्का चालक र परिचारिकालाई हेलिकोप्टरमा काठमाण्डू लैजाने प्रयास गर्यौं तर मौसम सफा नभएर आज सकिएन।"।