दोस्रो चरणको चुनाव असार ९ गते हुने

  • 29 मे 2017
मन्त्रिपरिषद (फाइल तस्वीर)

आन्दोलनरत तराई केन्द्रीत दलहरुलाई मनाउने उद्देश्यले सरकारले स्थानीय तहको दोस्रो चरणको मतदानलाई सारेको छ।

अब उक्त मतदान असार ९ गते हुने भएको छ।

खासगरि राष्ट्रिय जनता पार्टि नेपाललाई दल दर्ता गर्न सहज पार्न स्थानीय निर्वाचन ऐन पनि संशोधन गर्ने निर्णय भएको उर्जामन्त्री जनार्दन शर्माले बीबीसीलाई बताए।