'दोस्रो चरणको चुनाव असार ९ मा'

  • 29 मे 2017
मन्त्रिपरिषद (फाइल तस्वीर)

आन्दोलनरत तराई केन्द्रित दलहरुलाई मनाउन भन्दै सरकारले स्थानीय तहको दोस्रो चरणको मतदानलाई सारेको छ।

अब उक्त मतदान असार ९ गते हुने भएको छ।

खासगरी राष्ट्रिय जनता पार्टी नेपाललाई दल दर्ता गर्न सहज पार्न स्थानीय निर्वाचन ऐन पनि संशोधन गर्ने निर्णय भएको उर्जामन्त्री जनार्दन शर्माले बीबीसीलाई बताए।

यसअघि प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गतेका लागि तय गरिएको थियो।