के ट्रम्पले अमेरिकाको विश्व नेतृत्व छोडेका हुन्?

  • 2 जुन 2017
ट्रम्प तस्वीर कपीराइट EPA

अमेरिकी नेतृत्वबारे डोनल्ड ट्रम्पको दृष्टिकोण के हो?

राष्ट्रपतिका रुपमा पद सम्हाल्दै गर्दा उनको भाषणले समाचार शीर्षक दियो- "आजको दिनदेखि हरेक कुरामा अमेरिका पहिलो प्राथमिकतामा हुनेछ"।

तर चार महिनापछि हामी थप कति जान्दछौं?

आलोचना

युद्धपश्चातको गठवन्धनप्रति राष्ट्रपतिको प्रतिवद्धतामा कमी, व्यापारप्रति उनको धारणा र जलवायु परिवर्तन जस्ता विषयमा मिलेर अघि बढ्न उनी इच्छुक नरहेको जस्ता विवरणमाझ ट्रम्पका आलोचकहरुले नकारात्मक निचोड निकाल्छन्।

अमेरिका अलग हुँदाका पाँच प्रभाव

ट्रम्पको निर्णयको चर्को आलोचना

बाराक ओबामाको राष्ट्रपतिकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेकी सुसन राइसले ट्वीटमा लेखेकी छन्, "ट्रम्पका नीतिहरुको प्रभाव, त्यसमाथि मूर्खतापूर्ण र दु:खदायी प्यारिस सम्झौतासम्बन्धी निर्णय भनेको अमेरिकाले विश्वव्यापी नेतृत्व छाड्नु हो"।

प्रिन्सटन विश्वविद्यालयमा राजनीति र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक जी जन आइकेनबेरी लेख्छन्, "ट्रम्पको हरेक कदम युद्धपश्चातको अन्तर्राष्ट्रिय प्रणालीका सोचविपरीत छन्"।

'फरेन अफेयर्स'मा उनी लेख्छन्, "प्राचीन र आधुनिक समयमा ठूला शक्तिले बनाएको विश्व व्यवस्था आए र गए। तर तिनीहरु सामान्यतया हत्यामा अन्त्य भए, न कि आत्महत्यामा"।

प्यारिस संझौताबाट बाहिरिने अमेरिकी घोषणा

बचाउ

राष्ट्रपति ट्रम्पको बहुचर्चित पहिलो विदेश भ्रमणपछि उनका सहयोगीहरुले अमेरिकी मित्रहरुले कुनै डर मान्नु नपर्ने बताएका छन्।

'वाल स्ट्रिट जर्नल'मा राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर र राष्ट्रिय आर्थिक परिषद्का निर्देशक गेरी कोनले लेखेका छन्, "अमेरिका पहिलो भन्नुको अर्थ अमेरिका एक्लै भन्ने होइन"।