सुवास नेम्वाङसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुवास नेम्वाङसंगको कुराकानी

  • 2 जुन 2017

विपक्षी नेकपा एमालेको तीव्र असन्तुष्टिमाझ संसद सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि शुक्रबार निर्वाचन तालिका सार्वजनिक गरेको छ।

भरतपुर मतगणना विवादलाई लिएर संसद अवरुद्ध पारिरहेको एमालेले प्रधानमन्त्री निर्वाचनको तालिका ल्याउने प्रक्रिया सूचना टाँसेर नभइ संसद बैठकबाटै हुनुपर्ने अडान राखेको थियो।

तर सभामुखको निर्देशनमा संसद सचिवालयले शनिबार मनोनयन दर्ता र आइतबार मतदान हुने गरी तालिका सार्वजनिक गरेको छ।

यसै सिलसिलामा हाम्रा साथी महेश आचार्यले एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङ्लाई “के तपाईंहरुको माग पुरा भएन भने प्रधानमन्त्रीको निर्वाचन पनि अवरुद्ध पार्ने हो?” भनी सोधेका थिए