'पुन:मतदानमा चित्त नबुझे दलहरुले कानून संशोधन गरुन्'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'पुन:मतदान नरुचे दलहरुले कानून संशोधन गरुन्'

  • 3 जुन 2017

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले विद्यमान कानून टेकेरै भरतपुरमा पुन:मतदानको निर्णय गरिएको भन्दै चित्त नबुझे कानून संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन्।

विगतमा पनि पुन: मतदानको दृष्टान्तहरु रहेको भन्दै उनले भरतपुर घटनाले खराब नजिर नबस्ने तर्क गरे।

"तर यदि त्यस्तो लाग्छ भने दलहरुले कानून संशोधन गरे भइहाल्छ", उनले थपे।

उनले एक जना निर्वाचन आयुक्त शनिबारको निर्णयमा अनुपस्थित रहेपनि पुन:मतदान आयोगको सर्वसम्मत निर्णय भएको उनले तर्क गरे।