लण्डन घटनाबारे अहिलेसम्म के थाहा छ?

  • 4 जुन 2017
लण्डन तस्वीर कपीराइट PA

लण्डन ब्रिज घटनामा अहिलेसम्म थाहा भएका जानकारी:

  • प्रहरीले लण्डन ब्रिज क्षेत्रमा भएका घटनाहरुमा ६ जना मारिएको जनाएको छ। तीन जना हमलाकारीलाई गोली हानी मारिएको बताइएको छ। २० भन्दा धेरै घाइते भएका छन्।
  • प्रधानमन्त्री टरिजा मेले यसलाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन्।
  • लण्डन ब्रिजमा एक सेतो भ्यान पैदलयात्रीमाथि जोताइएको छ। साथै बरो मार्केट क्षेत्रमा केही मानिसले सर्वसाधारणलाई छुरा प्रहार गरेका छन्।
  • लण्डन ब्रिज, बरो मार्केट तथा भक्सल क्षेत्रका घटनाबारे प्रहरीले छानबिन गर्दैछ।
  • मेट्रोपोलिटन प्रहरीले भक्सलको घटना छुरा प्रहारसँग सम्बन्धित रहेको र लण्डन ब्रिज तथा बरो मार्केट घटनासँग नजोडिएको जनाएको छ।
  • लण्डन ब्रिज र बरो मार्केटको घटनालाई उसले आतंकवादी घटना भनेको छ।