लण्डनमा हमला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लण्डनमा हमला

  • 5 जुन 2017

ब्रिटेनका प्रहरीले शनिबार राती मध्यलण्डनमा हमला गरेका तीनजना पुरुषको पहिचान थाहा भएको विश्वास व्यक्त गरेका छन्।

ऐतिहासिक ‘लण्डन ब्रिज' मा पैदलयात्रुमाथि तीनजनाले एउटा भ्यान लगेर ठोक्काइ नजिकैको 'बरो मार्केट' का पब र रेष्टुराँहरुमा रहेका मानिसमाथि छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको थियो।

घटनामा कम्तीमा ५० जना घाइते भएका छन्।

लगत्तै प्रहरी कारबाहीमा ती तीनजना आक्रमणकारी मारिएका थिए।

ब्रिटिश प्रधानमन्त्री टरीजा मे यो लण्डन र ब्रिटेनमाथि मात्रै नभएर स्वतन्त्र मुलुकहरुमाथिको पनि हमला भएको बताइन्। बीबीसी रिपोर्ट (भिडियो)