लडाईंको तयारीमा रक्का
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लडाईंको तयारीमा रक्का

  • 6 जुन 2017

सिरियाली शहर रक्कामा गएको झण्डै तीन वर्ष देखि आफुलाई इस्लामिक स्टेट भनेर चिनाउने संगठनको पकड रहेको छ।

सो शहरलाई इस्लामिक स्टेटको राजधानी पनि भन्ने गरिन्छ।

इस्लामिक स्टेट विरुद्ध हवाइ हमला गर्दै आएको अमेरिकी नेतृत्वको गठबन्धनले अब रक्कामा सैनिक पठाएर स्थलगत कारवाही शुरु गर्न लागेको जनाएको छ।

उता इस्लामिक स्टेट लडाकुहरुले पनि सडक संघर्षको तयारी गरिरहेको बताइन्छ।

त्यहाँ बसीरहेका सर्वसाधारण चाहिं लडाईंको चपेटामा पर्ने डरले निकै चिन्तित छन्।

बीबीसी रिपोर्ट (भिडियो)