ब्रिटेनमा आमनिर्वाचनको मतदान हुँदै

  • 8 जुन 2017
ब्रिटेन तस्वीर कपीराइट Getty Images

दुईवटा जिहादी हमलाको छायाँका माझ ब्रिटेनको आमचुनावका निम्ति मतदान हुँदैछ।

मतदान केन्द्रहरु खुल्न थालेका छन्।

देशभरका ४० हजार मतदान केन्द्रहरु स्थानीय समय अनुसार बिहान सात बजेबाट खुल्न थालेका छन्।

६५० सांसद चुन्न चार करोड ६९ लाख मतदाता योग्य छन्।

मतदान राती १० बजे सकिएलगत्तै मतगणना शुरु हुनेछ।

मध्यरातबाटै केही मतपरिणाम आउनेछन् भने अन्तिम परिणाम शुक्रबार दिउँसोसम्म आउनेछ।

तेस्रो आमचुनाव

प्रधानमन्त्री टरिजा मे ले समय अगावै उक्त आमचुनावको घोषणा गरेकी थिइन्।

यो चुनाव गएको तीन वर्ष यता भएको तेस्रो राष्ट्रिय निर्वाचन हो।

मतदान केन्द्रहरुमा सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने प्रहरीले जनाएको छ।