चुनावको नतीजाबारे डा. कैनी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चुनावको नतीजाबारे डा. कैनी

  • 10 जुन 2017

ब्रिटेनमा जुन ८ तारिखमा सम्पन्न मध्यावधि चुनावमा नेपाली मूलका डा. बच्चुकैलाश कैनीले डार्टफोर्ड निर्वाचन क्षेत्रबाट सांसद पदको लागि उम्मेदवारी दिएका थिए।

ब्रिटेनको प्रमुख राजनीतिक दलको तर्फबाट सांसद पदका लागि उम्मेदवारी दिने उनी नेपाली मूलका संभवत: पहिलो व्यक्ति भएको ठानिएको छ।

उनले चुनावमा जीत हासिल नगरेपनि उनको उम्मेदवारीलाई ब्रिटिश राजनीतिमा प्रवासी नेपाली समुदायको बढ्दो सहभागिताको सूचकको रुपमा पनि हेरिएको छ।

शुक्रबार चुनावको नतीजा आएपछि बीबीसी नेपाली सेवाका भगीरथ योगीले उनीसंग छोटो कुराकानी गरेका ‌थिए।

सुन्नुहोस् उक्त कुराकानीको सम्पादित अंश।