मारावीमा फिलिपिन्सलाई अमेरिकी सहयोग

  • 10 जुन 2017

अमेरिकी विशेष फौजले फिलिपिनी सेनालाई दक्षिणी शहर मारावीमाथि आइएस सम्बद्ध लडाकूको नियन्त्रण फिर्ता लिन सहयोग गरिरहेको फिलिपिन्सको सेनाले बताएको छ।

तस्वीर कपीराइट Reuters
Image caption मारावीमाथि शुक्रबार उडेको देखिएको अमेरिकी निरिक्षण विमान

उसले भनेको छ, फौजले लडेको होइन प्राविधिक सहयोग पुर्याइरहेको छ।

गत मे २३ देखि उक्त शहर लडाकू नियन्त्रणमा छ।

पछिल्लो लडाइमा १३ जना फिलिपिनी सेनाको ज्यान गएको छ।

बलियो संकेत

फिलिपिन्सको सेनाले भनेको छ- मारावीमा इश्लामिक स्टेट सैन्य शक्तिको नेतृत्व गरिरहेका दाजुभाइ मारिएको बलियो संकेत मिलेको छ।

हाम्रा दक्षिण पूर्वी एशिया संवाददाता जोनाथन हेडका अनुसार जिहादी समुहसँग भएको कुराकानीबाट पनि त्यस्तै खबर आएको छ।

उनीहरुको सशस्त्र समुहलाई आर्थिक सहयोग उपलब्ध गराउन सहयोग पुर्याइएका विश्वास गरिएका बाबुआमालाई पक्राउ गरिएको छ।

शहरमा संघन लडाइ भइरहेको छ र शुक्रबार भएको संघर्षमा १३ जना जलसेना मारिएको बताइएको छ।

सरकारी तथ्यांक अनुसार अहिलेसम्म १३८ जना लडाकू र ५८ जना सेना र २० जना सर्वसाधारण मारिएको बताइएको छ।

महत्वपूर्ण रुपमा फिलिपिन्सलाई अमेरिकी फौजले प्राविधिक सहयोग पुर्याइरहेको पनि पुष्टि भएको छ।

त्यसले राष्ट्रपति रोड्रिगो दुतेर्तेको अडानमा परिवर्तन भएको हुन सक्छ किनभने गत वर्ष उनले फिलिपिन्समा अमेरिकी प्रभावको रोषपूर्ण निन्दा गरेका थिए र परम्परागत रुपमै दुइ देशका सेनाका बीच रहेको नजिकको सम्बन्ध अन्त्य हुनुपर्ने माग गरेका थिए।