हिंसाको मार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिंसाको मार

  • 12 जुन 2017

भारत प्रशासित काश्मीरमा केही समयदेखि चर्किएको हिंसाले गर्दा स्कूले विद्यार्थीहरु नराम्रोसंग प्रभावित भएका छन्।

महिनौंसम्म विद्यालयहरु बन्द हुँदा उनीहरुको पढाइ छुटेको छ।

गएको ६ महिनामा विभिन्न हिंसात्मक घटनाहरुमा सयजना भन्दा बढी सर्वसाधारणको ज्यान गैसकेको छ।

भारतले पाकिस्तानमाथि काश्मीरमा उग्रवादीहरु पठाएको तथा उनीहरुलाई सघाएको आरोप लगाउने गरेको छ।

तर पाकिस्तानले ती आरोपहरुको खण्डन गर्ने गर्दछ।

काश्मीरका एकजना किशोरले त्यहाँ लामो समयदेखि चलेको हिंसाले आफ्नो पढाइ तथा दैनिक जीवनमा परेको असरबारे बताएका छन्।

बीबीसी रिपोर्ट (एनिमेशन)