पनामाद्वारा ताइवानसँग सम्बन्ध विच्छेद

  • 13 जुन 2017
सम्बन्ध तस्वीर कपीराइट China News Service

पनामाले ताइवानसँगको लामो समयदेखिको कूटनीतिक सम्बन्ध विच्छेद गर्दै चीनसँग सम्बन्ध स्थापित गरेको छ।

पनामा सरकारले आफूहरुले "एउटै चीन" लाई मान्यता दिएको र ताइवानलाई उसको एउटा अंग मात्रै मान्ने गरेको जनाएको छ।

ताइवानले पनामा सरकारको उक्त निर्णयप्रति "आक्रोश र दुःख" व्यक्त गर्दै "धाक लगाएको" आरोप लगाएको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ।

सम्बन्ध

केही देशहरुले बेइजिङको सट्टा ताइपेइसँग कूटनीतिक सम्बन्ध राख्दै आएका छन् तर ताइपेइसँग सम्बन्ध विच्छेद गरेर बेइजिङसँग सम्बन्ध गास्ने मुलुकहरुको सूचीमा पनामा थपिएको छ।

तस्वीर कपीराइट AFP

गत वर्षको डिसेम्बरमा अफ्रिकी टापु मुलुक सावोँ टोमे प्रिन्सिपाले त्यस्तै कदम चालेको थियो।

अब २० वटा मुलुकको मात्र ताइवानसँग कूटनीतिक सम्बन्ध बाँकी छ।

पछिल्ला वर्षहरुमा चीनले मध्य अमेरिकी मुलुकहरुमा लगानी बढाउँदै गएको छ।

मध्य अमेरिकी मुलुकमै पनामा नहर पर्दछ जसलाई विश्व व्यापारका लागि निकै महत्वपूर्ण मानिन्छ।