दैलेख बस दुर्घटनामा कम्तीमा ११ को मृत्यु

  • 14 जुन 2017
बस

कालीकोटबाट महेन्द्रनगरका लागि छुटेको एउटा यात्रुवाहक बस दैलेखमा दुर्घटनाहुँदा कम्तीमा ११ जनाले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन्।

आठबीस नगरपालीकामा सडकबाट कर्णालीको भीरमा बस खस्दा करिब १८ जना घाइते भएको प्रहरीले बताएको छ।

घाइते मध्ये दुई जनाको नेपालगञ्जमा र अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बुझिएको छ।

यात्रु

बसमा २८ देखि ३० यात्रु सवार रहेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गंगाराम गिरीले बताए।

गम्भिर घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाउन हेलिकोप्टर बोलाइएको थियो।

पक्की सडकबाट ना ४ ख २९९८ नम्बरको उक्त यात्रुवाहक बस करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।