लण्डन प्रहरी: सबै मृतकको पहिचान कठिन

  • 16 जुन 2017
प्रधानमन्त्री टरिजा मे तस्वीर कपीराइट Getty Images
Image caption प्रभावित क्षेत्रका बासिन्दालाई नभेटेको भन्दै आगलागी स्थलको भ्रमण गरेकी प्रधानमन्त्री टरिजा मेको आलोचना भइरहेको छ

मंगलबार पश्चिम लण्डनको ग्रेनफेल टावरमा भएको आगलागीमा ज्यान गुमाएका सबै मृतकको पहिचान गर्ने काम असम्भव हुनसक्ने लण्डन प्रहरीले जनाएको छ।

सो टावरमा भएको आगलागीमा ज्यान गुमाएको १७ जनाको शव फेला परिसकेको छ। तर कयौं अन्यको अवस्था अझै अज्ञात छ।

प्रभावित क्षेत्रका बासिन्दालाई नभेटेको भन्दै आगलागी स्थलको भ्रमण गरेकी प्रधानमन्त्री टरिजा मेको आलोचना भइरहेको छ।

त्यसअघि लण्डनका मेयर सदीक खानले आगलागी भएको क्षेत्रमा क्रुद्ध मानिसहरुको भीडको सामना गरेका छन्।

आदेश

प्रधानमन्त्री मेले आगलागीको बृहत् सार्वजनिक छानबिन गर्न आदेश दिइसकेकी छिन्।

खानले आगलागीको छानबिन गर्ने जिम्मेवारी पाएका न्यायाधीशले यही गृष्म ऋतुभित्रै छानबिन अन्तरिम प्रतिवेदन सार्वजनिक हुने बताए।

उनले साना भवनभित्र बस्ने मानिसहरुमा आगलागीको जोखिम हुनसक्ने बताएपछि टावर ब्लक क्षेत्रका स्थानीय बासिन्दाले उनीविरुद्ध आक्रोश पोख्दै होहल्ला गरेका थिए।

ग्रेनफेल टावर आगलागीको लागि को जिम्मेवार हुने त्यो आफूले थाहा पाउने पर्ने उनीहरुको भनाइ थियो।

प्रहरीका अनुसार ज्यान गुमाउनेको संख्या धेरै हुन सक्छ। अस्पतालमा रहेका थप १७ जना मानिसहरुको अवस्था गम्भीर रहेको बताइएको छ।