'सबै स्थानमा मनोनयन दर्ता शान्तिपूर्ण'

  • 18 जुन 2017
निर्वाचन आयोग

स्थानीय चुनावको दोस्रो चरण अन्तर्गत प्रदेश १, ५ र ७ मा उम्मेदवारहरुको मनोनयन दर्ता सकिएको छ।

मनोनयनका लागि बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको थियो।

दिउँसो ४ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका उम्मेदवारहरुको ढिलोसम्म पनि मनोनयन दर्ता भएको थियो।

शान्तिपूर्ण

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बीबीसीसँग भने, "सबै स्थानमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ"।

आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले असार ६ गते चुनाव चिन्ह दिने कार्यतालिका छ।

दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहका लागि असार १४ गते मतदान हुँदैछ।

त्यसमध्ये एउटा महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका छन्।

दोस्रो चरणबाट १५ हजार ३८ जनप्रतिनिधि चुनिनेछन्।

प्रदेश २ मा भने तेस्रो चरणमा असोज २ मा स्थानीय चुनाव गर्ने कार्यतालिका छ।