पाक समर्थक विरुद्ध देशद्रोहको मुद्दा

  • 20 जुन 2017
किक्रेट प्रेमी तस्वीर कपीराइट AFP

हालै सम्पन्न च्याम्पीअन्स ट्रफी क्रिकेट फाइनलका बेला "भारत-विरोधी पाकिस्तान-समर्थक" नाराबाजी गरेको अभियोगमा भारतको मध्य प्रदेश राज्यमा १५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रहरीले मुसलमान ग्रामिण बस्तीका ति पुरुषहरुलाई देशद्रोहको अभियोग लगाएको छ।

ति मुसलमान पुरुषहरुलाई उक्त खेलमा भारतको हारपछि आतसबाजी गरेको र "पाकिस्तानको पक्षमा" नारा लगाएको भनि तिनका हिन्दू छिमेकीहरुले उजुरी गरेपछि पक्राउ गरिएको थियो।

लण्डनमा आयोजित सो क्रिकेट प्रतियोगितामा भारतलाई १८० रनले हराउंदै पाकिस्तान विजयी भएको थियो।

गम्भीर

भारतको दण्डविधान अन्तर्गत देशद्रोहको अभियोग सबैभन्दा गम्भीर अभियोगहरु मध्येमा पर्दछ।

देशद्रोहको अभियोगमा मुद्दा चलाइएकाहरुले आफ्नो राहदानी सरकारलाई बुझाउनु पर्छ, तिनीहरु सरकारी नोकरीका लागि योग्य हुंदैनन्, आवश्यक परेको बेला तिनीहरु अदालतमा हाजिर हुनुपर्छ र कानूनी खर्च आफैले व्यहोर्नुपर्छ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै इन्डीया टुडे वेबसाइटमा प्रकाशित समाचार अनुसार ति मुसलमान पुरुषहरुलाई पाकिस्तानी क्रिकेट टोलीको समर्थन गरेको कारण नभई भारत विरोधी नाराबाजी गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।

समस्या

भारतीय मुसलमानहरुले पाकिस्तानी क्रिकेट टोलीको समर्थन गरेकोमा समस्या बेहोर्नु परेको यो पहिलो घटना भने होइन।

सन् २०१६ मा भारतप्रशासित कश्मिरका ६६ जना मुसलमान विद्यार्थीहरुलाई उत्तरप्रदेशस्थित तिनीहरु अध्ययनरत विश्वविद्यालयले निश्कासन गरेको थियो र सामुदायिक सौहार्दता विगारेको अभियोग लगाएको थियो।

सन् २०१६ मा भारतप्रशासित कश्मिरको एउटा विश्वविद्यालयमा उक्त राज्य र देशको अन्य भागका विद्यार्थीहरुबीच भिडन्त भएपछि त्यहां प्रहरी पठाउनु परेको थियो।