सिचुवान पहिरो: हराउनेको संख्या १२०

  • 24 जुन 2017
नदी तस्वीर कपीराइट EPA
Image caption नदीमा समेत पहिरो पुगेको छ

चीनको दक्षिण पश्चिमी सिचुवान प्रान्तमा भीषण पहिरोमा १२० भन्दा बढि हराइरहेका छन्।

स्थानीय समय बिहान ६ बजे पहाडको एक हिस्सा खस्दा माओसियन काउण्टीको जीन्मो गाउँमा करिब ४० घरहरु ध्वस्त भएका छन्।

उद्दारकर्ताहरुले पहिरोमा पुरिएकाहरु कोही बचेका छन् कि भनेर खोज्ने व्यग्र प्रयत्न गरिरहेका छन्।

तस्वीर कपीराइट EPA
Image caption नदीमा समेत पहिरो पुगेको छ

पिपल्स डेली अखबारले छापेका तस्वीरहरुमा बुल्डोजरले माटो र ठुल्ठुला ढुङ्गा पन्छाइरहेका देखिएको छ।

सडक 'बन्द'

सिन्ह्वा समाचार संस्थाले स्थानीय अधिकारी उदृत गर्दै पहिरोले एउटा नदीको दुई किलोमिटर भाग पुरेको बताएको छ।

राज्य नियन्त्रित प्रसारण संस्था सीसीटीभीले स्थानीय प्रहरी उदृत गर्दै भनेको छ- त्यहाँ भीषण पानी परेको र उक्त क्षेत्रमा रुख बुट्यानहरु नभएका कारण त्यस्तो समस्या आएको हो।

प्रहरी अधिकारी चेन टिएबोले सीसीटीभीलाई भने- "यो भूकम्पको खतरा भएको क्षेत्र हो र यहाँ कैयौं टन चट्टान छ।"

यो काउण्टीमा जाने सडक आपतकालीन प्रयोगका लागि बाहेक बन्द गरिएको छ।

चीनको हिमाली क्षेत्रमा भीषण वर्षाका बेला पहिरोको खतरा रहँदै आएको छ।

सन २००८ मा सिचुवान प्रान्तको वेन्चुआन काउण्टीमा भूकम्प जाँदा ८७ हजार मानिस मारिएका थिए।

र माओसियन काउण्टीमा ३७ जना पर्यटक र उनीहरु चढेको सवारी साधन पहिरोमा पुरिएको थियो।