ट्यांकरमा आगो लाग्दा कम्तीमा १२०को मृत्यु

  • 25 जुन 2017
पाकिस्तान तस्वीर कपीराइट JAVAID

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा इन्धन बोकेको ट्यांकर पड्किएर आगलागी हुँदा कम्तीमा १२० जनाले ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन्।

अहमदपुर सार्कियामा भएको उक्त घटनामा दर्जनौं अन्य घाइते भएका विवरणहरुमा जनाइएको छ।

प्रहरीले सडकमा पल्टिएको उक्त इन्धन ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न बाहावालपुर शहरको मुख्य राजर्मागमा भीड जम्मा भएको बेला उक्त घटना भएको जनाएको छ।

तस्वीर कपीराइट RADIO PAKISTAN

अग्नि नियन्त्रकहरुले स्थितिलाई नियन्त्रणमा लिएका छन्।

तस्वीर कपीराइट SAMAA TV

पाकिस्तानका सेना प्रमुखले उद्धार कार्यमा सघाउन सेनालाई आदेश दिएका छन्।

सैनिक हेलिकोप्टरहरुले घाइतेहरुलाई अस्पतालसम्म पुर्याइरहेका छन्।

पाकिस्तानको 'डन' समाचारपत्रले कम्तीमा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेको जनाएको छ।