मोदी-ट्रम्प भेट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलो पटक भेटेका छन्।

  • 27 जुन 2017

आफ्नो पहिलो भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग राम्रो सदभाव कायम गर्न खोजेको जस्तो देखिन्थ्यो।

ह्वाइटहाउसमा आयोजित रात्रीभोजका क्रममा दुबै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा आपसी व्यापार वृद्धि तथा आतंकवादसंग जुध्ने लगायतका विषयमा छलफल भएको थियो।

दुबै देशले पाकिस्तानलाई आफ्नो भूभागबाट आतंकवादी गतिविधि सन्चालन गर्न नदिन आह्वान गरेका छन्।

भारतले पाकिस्तानमाथि खासगरी काश्मिरी उग्रवादीहरुलाई सघाएको आरोप लगाउँदै आएको छ।

तर पाकिस्तानले ती आरोपहरुको खण्डन गर्ने गरेको छ।

दुबै मुलुकहरु चीनको बढ्दो प्रभावबाट पनि चिन्तित देखिन्छन्।

दुबै नेताहरुले आउँदा दिनहरुमा विश्व शक्ति अमेरिका तथा उदाउँदो शक्ति भारतबीचको संबन्धलाई कसरी अगाडि बढाउलान् भन्ने तर्फ धेरैको ध्यान गएको छ।

बीबीसी रिपोर्ट (भिडियो)