पूर्व न्यायाधीशको नेतृत्वमा ग्रेनफेल छानबिन

  • 29 जुन 2017
सर मार्टिन तस्वीर कपीराइट BRITISH HIGH COMMISSION IN BRUNEI
Image caption सर मार्टिनले व्यावसायिक अदालत र पुनरावेदन अदालतमा न्यायाधीशका रुपमा बीस वर्ष बिताएका छन्

पुनरावेदन अदालतका पूर्व न्यायाधीश सर मार्टिन मूर-बीकलाई ग्रेनफेल टावर आगलागीको सार्वजनिक छानबिनको नेतृत्व गर्न चुनिएको श्रोतहरुले बतएका छन्।

सरकारले 'उच्च सम्मानप्राप्त' सर मार्टिनको नियुक्ति बिहीबार सदर गर्न सक्ने बताइएको छ।

गत जुन १४ मा भएको दुर्घटनामा अहिलेसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले बताएको छ।

वेल्समा जन्मेर क्राइष्ट कलेज क्याम्ब्रीजबाट अध्ययन पुरा गरेका मार्टिनले करिब पाँच दशक न्यायसेवामा व्यतित गरेका छन्।

दक्षता

अधिवक्ताका रुपमा उनले व्यावसायिक कानून खासगरी समुन्द्री र जमीनबाट सामान ओसार पसार गर्दा आइलाग्ने समस्याबारे दक्षता हासिल गरेका छन्।

सन २०१६ मा पुनरावेदन अदालतबाट अवकाश लिनु अघि २० वर्ष सम्म न्यायाधीश रहेका थिए।

तस्वीर कपीराइट Getty Images

उनीसँग काम गरेको कानुनी श्रोतले मार्टिन 'उच्च सम्मानप्राप्त' र असाध्यै 'कुशाग्र' रहेको बताएको छ।

नोभेम्बर २०१४ मा उनले एउटा मुद्दाको फैसला गर्दा लण्डनबासीलाई ५० माइल परसम्म पनि पुनर्बास गराउन सकिने आदेश सुनाएका थिए। जुन पछि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो।