मतगणना जारी: कांग्रेस-एमालेबीच टक्कर

  • 29 जुन 2017

स्थानीय तहको दोस्रो चरणको चुनावको प्रारम्भिक मतगणनामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहको चुनावबाट १५ हजार जनप्रतिनिधि निर्वाचित हुने छन्।

डेढ महिनाअघि प्रदेश नम्बर ३, ४ र ६ मा भएको चुनावमा एमाले सबैभन्दा धेरै स्थानमा विजयी भएको थियो।

मतदान बुधबार नै सम्पन्न भए पनि अधिकांश स्थानीय तहको मतगणना बिहीबारबाट मात्र शुरु भएको छ।

माओवादी पछाडि

प्रारम्भिक मत गणनामा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ।

बिहीबार साँझसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निकै थोरै मात्र स्थानको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ।

जसमा कांग्रेस धेरै स्थानमा अग्रता लिएको उल्लेख छ।

तर स्थानीय समाचार माध्यमले एमालेले अग्रता लिएको देखाएका छन्।

तेश्रो स्थानमा नेकपा माओवादी केन्द्र छ।

ठूला नगर

पहिलो चरणको चुनावमा जस्तै उ यसपटक पनि कांग्रेस र एमालेभन्दा निकै पछाडि देखिन्छ।

बुधबार चुनाव भएको एकमात्र महानगरपालिका विराटनगरमा दिउँसो अबेरमात्र मतगणना शुरु भएको छ।

त्यहाँको मतपरिणाम सार्वजनिक गरिएको छैन्।

निर्वाचन भएका ७ वटा उपमहानगरको बिहीवार साँझ सार्वजनिक गरिएको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसले धरान, इटहरी, बुटवल र धनगढी तथा एमालेले घोराही, तुलसीपुर र नेपालगञ्जको प्रमुखमा अघि देखिएको हाम्रा संवाददाताहरुले जनाएका छन्।

बाँकी

३३४ स्थानीय तहमध्ये बिहीबार साँझसम्म करिब दुई दर्जन स्थानीय तहको मत गणना शुरु हुन बाँकी थियो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, "सबै ठाउँको मतपेटिका संकलन भइसकेको छैन। मौसम प्रतिकूल भएकाले हेलिकोप्टर जान नसकेकाले दुर्गम र टाढाका पाँचवटा स्थानीय तहका मतपेटिका संकलन हुन बाँकी छ।"

निर्वाचन आयोगले ३ देखि ७ दिनभित्र मत परिणाम सार्वजनिक गर्ने बताएको छ।

प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन हुनेछ।