युके माछामार्ने अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्ने

  • 2 जुलाई 2017
माछा मार्ने जहाज तस्वीर कपीराइट Press Eye

युकेको पानीमा माछा मार्न दिइएको व्यवस्थालाई सरकारले अन्त्य गर्न लागेको छ।

उक्त संझौताले आरल्याण्ड, डच, फ्रान्सेली, जर्मन र वेल्जियन जहाजहरुलाई संयुक्त अधिराज्यको समुद्री तटको ६ र १२ सामुद्रिक माईलसम्म माछा मार्न पाउने ब्यवस्था गरेको थियो।

वातावरण मन्त्री माईकल गोवले नयाँ व्यवस्थाबाट यूकेको पानीमा माछा मार्ने सम्पूर्ण नियन्त्रण फिर्ता हुने बताए।

युरोपियन कमिसनले यस विषयमा 'ध्यानाकर्षण' भएको तर त्यो सहमती युरोपेली संघ(ईयु) को कानुनले विस्थापित गरिसकेको हुनसक्ने बताएको छ।

गंभिर

आयरल्याण्डका कृषिमन्त्री माईकल क्रिडले उक्त कदमलाई 'स्वागत गर्न नसकिने र असहयोगी' भनेका छन्।

उनले भने, 'ब्रेक्जिटले समुद्री खानाको विषयमा गंभिर चुनौती पैदा गरेको छ र नयाँ घोषणा अबको संझौताका अंश बन्ने छन्।'

तर स्कटल्याण्डको सरकारले उक्त घोषणाको समर्थन गर्दै उक्त कदमका लागि 'केही समयदेखि' उसले संयुक्त अधिराज्यलाई दवाव दिदैं आएको बताएको छ।

बञ्चित

संयुक्त अधिराज्य ईयूमा सहभागि हुनपुर्व सन् १९६४ मा हस्ताक्षरित उक्त ब्यवस्थावाट पछाडि हटेपछि संयुक्त अधिराज्यका माछा मार्ने जहाजहरुपनि अरु मुलुकको समुद्रीतटबाट उस्तै दुरीसम्म माछा मार्नवाट बञ्चित हुनेछन्।

संयुक्त अधिराज्यका बातावरणमन्त्री गोवले उक्त माछामार्ने ब्यवस्था एउटा वातावरणीय प्रकोप बनेको थियो र सरकारले ब्रेक्जीटपछि माछाको दीर्घकालीन श्रोत सुनिश्चितताकोलागि त्यस्तो कदम चालेको हो।

सरकारी तथ्यांक अनुसार २०१५मा संयुक्त अधिराज्यको माछामार्ने उद्योगले कुल ग्राहस्थ उत्पादनमा ६० करोड ४० लाख पाउण्डको योगदान दिएको थियो भने झण्डै १२ हजारलाई रोजगारी प्रदान गरेको थियो।

सन् २०१६ मा माछा प्रशोधन गर्ने उद्योगले १८ हजार जनाको रोजगारीमा सहयोग पुर्याएको थियो।