जापानमा बाढी- चार लाखले घर छोडे

  • 6 जुलाई 2017
चार लाख तस्वीर कपीराइट Reuters
Image caption नदीका किनार फुटेर पानी बस्तीमा छिरेपछि चार लाखले आफ्नो घर छोडेको बताइएको छ

मुसलधारे वर्षाका कारण दक्षिण जापानमा भीषण बाढी आएपछि चार लाख मानिसहरु आफ्नो घर छोडेर अन्यत्र लागेका छन्।

दुईजना मारिएको र ११ जना हराइरहेको बताइएको छ।

अधिकारीहरुले एउटा सानो बच्चा लगायत हराइरहेका ११ जनालाई बाढीले बगाएको या पैरोमा जिउँदै पुरिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

मौसमविदहरुले अभूतपूर्व तहको पानी परेको बताएका छन्।

घरहरु ध्वस्त

क्युशु टापुमा बाह्र घण्टाको समयमा पचास सेन्टिमिटर पानी गरेको थियो।

पानी तह अत्यधिक बढेर नदीका किनारहरु फुटेका थिए।

पानी बस्तीमा पसेर घरहरु ध्वस्त भएका थिए।

प्रभावित क्षेत्रमा ७ हजार भन्दा बढि उद्दारकर्ताहरु पठाइएको बताइएको छ।