सुर्ती किसानको चिन्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुर्ती किसानको चिन्ता

  • 7 जुलाई 2017

भारत सरकारले जनस्वास्थ्यका लागि हानिकारक सुर्ती खेतीको विकल्प खोज्न किसानहरुलाई भन्दै आएको छ।

तर राम्रो आम्दानी हुने नगदे बाली सुर्तीको विकल्प खोज्न व्यावहारिक नभएको किसानहरुले बताउने गरेका छन्।

भारतमा सुर्तीजन्य पदार्थको उपभोगबाट वर्षेनी झण्डै दशलाख मानिसहरुको ज्यान जानेगरेको अनुमान छ।

त्यसैले सुर्ती खेतीलाई विस्थापित गर्न भारत सरकारमाथि दबाब बढिरहेको छ।

तर सुर्ती खेतीमा निर्भर करोडौं किसानहरुले आफुहरुलाई रोजगारीको वैकल्पिक व्यवस्था गर्न माग गरिरहेका छन्।

बीबीसी रिपोर्ट (भिडियो)