अमेरिकी सैनिक विमान दुर्घटना: १६ को मृत्यु

  • 11 जुलाई 2017

अमेरिकी सेनाको एउटा विमान मिसिसिपी राज्यमा दुर्घटना हुँदा त्यसमा सवार सबै १६ जनाको ज्यान गएको छ।

मिसिसिपीको राजधानी ज्याकसनदेखि १६० किलोमिटर टाढा सी-१३० विमान स्थानीय समय अनुसार सोमबार दिउँसो ४ बजे दुर्घटना भएको थियो।

एकजना प्रत्यक्षदर्शीले एउटा इञ्जियनबाट धुँवा निस्किरहेको र कावा खाँदै विमान जमिन खसेको आफूले देखेको बताए।

अधिकारीहरुका अनुसार एउटा खेतमा विमान खसेको थियो।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

मिसिसिपीका गभर्नर फिल ब्रायंटले दुर्घटनालाई "दुखद" भनेका छन्।

उनले भने, "सैनिक पोशाकमा हाम्रा पुरुष तथा महिलाले हाम्रो स्वतन्त्रता सुनिश्चित गर्नका निम्ति दैनिक आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन्।"

दुर्घटना भएको अवस्थाबारे विस्तृत विवरण आइसकेको छैन।