चीनका नोबेल शान्ति पुरस्कार विजेता ल्यो शिआबोको निधन

  • 13 जुलाई 2017
तस्वीर कपीराइट Reuters

चीनका एकमात्र नोबेल शान्ति पुरस्कार विजेता ल्यो शिआबोको निधन भएको छ।

उनी ६१ वर्षका थिए र उनलाई क्यान्सर रोगको उपचारका लागि हालै मात्रै जेलबाट अस्पतालमा सारिएको थियो।

उनले ११ वर्षे जेल सजायं काटिरहेका थिए, जुन सजायं उनलाई चीनमा एकदलीय शासनको अन्त्य हुनु पर्ने माग गर्दै अनलाइन ज्ञापनपत्र लेखेको र प्रचार गरेको अभियोगमा दोषी ठहर गरेपछि दिइएको थियो।

पश्चिमा सरकारहरु र संसारभरीका अधिकारवादी संगठनहरुले ल्यो शिआबोलाई उपचारका लागि विदेश जाने अनुमति दिन बेइजिंगलाई आग्रह गरेका थिए।

तर ति अनुरोधलाई अस्वीकार गरिएको थियो।

ल्यो शिआबोएकजना सम्मानित लेखक र राजनीतिक चिंतक थिए जस्ले निरन्तर शान्तिपूर्ण राजनीतिक सुधारको वकालत गरिरहेका थिए।

उनी सन् १९८९ मा तियानआनमेन स्क्वाएरमा भएको प्रजातन्त्र समर्थक विरोध प्रदर्शनहरुका एकजना प्रमुख सहभागी थिए।