नयाँ ‘रेशमी मार्ग’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नयाँ ‘रेशमी मार्ग’

  • 13 जुलाई 2017

चीनले ६० वटा भन्दा बढी मुलुकहरुलाई यातायात सन्जालबाट जोडने एउटा महत्वाकांक्षी परियोजना शुरु गरेको छ।

बेल्ट एण्ड रोड इनिसियटिभ नाम दिइएको उक्त परियोजना चिनियाँ राष्ट्रपति सी जीनपीङको कार्यकालको एउटा प्रमुख अभियान हो।

अर्बौं डलर खर्च हुने सो परियोजनाले सहभागी सबै मुलुकहरुलाई लाभ पुग्ने चिनियाँ अधिकारीहरुको भनाइ छ।

तर भारत लगायतका कतिपय मुलुकहरु चीनले आफ्नो प्रभुत्व जमाउन सो परियोजना अघि सारेको भन्दै सशंकित छन्।

एक्काइसौं शताब्दीकै सबैभन्दा महत्वपूर्णमध्ये ठानिएको उक्त परियोजना के साँच्चिकै सफल होला?

बीबीसी रिपोर्ट (भिडियो)