सबैभन्दा धेरै पढिएका साताका सात समाचार

  • 14 जुलाई 2017

हुण्डी रोक्ने नीति ल्याउन सरकारलाई निर्देशन

संसद्को अर्थ समितिले विदेशमा काम गर्ने नेपालीहरुले घर पठाउने रकम ‍औपचारिक ब्यांकिंग माध्यमबाट मात्र ल्याउने सुनिश्चित गर्न विनिमय दरमा सहुलियत लगायत आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई बिहीबार निर्देशन दिएको छ।

http://www.bbc.com/nepali/news-40599542

क्षतिपूर्ति रकम साउनदेखि बढाइने

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई सरकारले सात लाख रुपैयाँ क्षतिपूर्ति दिने भनी गत वर्ष गरेको निर्णय आगामी साउन पहिलो सातादेखि कार्यान्वयन हुने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अधिकारीले बताएका छन्।

http://www.bbc.com/nepali/news-40590875

कतारलाई चार अरब देशको नयाँ चेतावनी

कतारले चार छिमेकी मुलकका माग अस्वीकार गरेपछि ती अरब मुलुकले कतारविरुद्ध थप कदम चाल्ने चेतावनी दिएका छन्। तर ती कदम कस्ता हुनेछन् भनेर खुलाएका छैनन्।

http://www.bbc.com/nepali/news-40533460

कम निन्द्राले मस्तिष्कमा कस्तो असर पार्छ?

क्यानडाका वैज्ञानिकहरुले निन्द्राको कमीले मानिसमा पार्ने प्रभावबारे अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन शुरु गरेका छन्।

http://www.bbc.com/nepali/news-40546648

कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई

साउदी अरेबियाको नेतृत्वमा केही छिमेकीले जारी राखेको नाकाबन्दीका माझ कतारमा दूध आपूर्ति बढाउन विमानमार्फत गाईवस्तु पुर्याइएको छ।

http://www.bbc.com/nepali/news-40583246

दार्जिलिङ तनावः नेपाली विद्यार्थी मारमा

गोर्खाल्याण्ड आन्दोलनका कारण भारतको दार्जिलिङका विद्यालयहरु एक महिनायता बन्द भएपछि त्यहाँ अध्ययन गरिरहेका नेपालका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरी नेपालमै पढाउने मनस्थिति बनाएको बताएका छन्।

http://www.bbc.com/nepali/news-40557172

पर्यटनका निम्ति पीडित हात्ती

वर्ल्ड एनीमल प्रोटेक्सन ग्रुप नामक संस्थाले नेपाल, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, श्रीलंका तथा भारतमा रहेका हात्ती प्रयोग हुने सयौं स्थलको अध्ययन गरेर तिनलाई दयनीय अवस्थामा राखिएको पाइएको निचोड निकालेको बताएको छ।

http://www.bbc.com/nepali/news-40522796