अभियानकर्मी ल्यो शिआबोको अन्तिम संस्कार

  • 15 जुलाई 2017
संस्कार तस्वीर कपीराइट HANDOUT

दिवंगत चिनियाँ अभियानकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता ल्यो शिआबोको एउटा निजी समारोहमाझ उत्तर-पूर्वी शहर शन्याङमा अन्तिम संस्कार गरिएको छ।

पछि ल्यो शिआबोको अस्तु समुद्रमा सेलाइएको उनका दाइले बताएका छन्।

राजनीतिक परिवर्तनको माग गरेका कारण ११ वर्षे जेल सजाय काटिरहेका ल्यो शिआबोको उपचारका क्रममा गत बिहीबार निधन भएको थियो।

उनी चिनियाँ सरकारप्रति असन्तुष्टि राख्नेमध्येका एक थिए।

नजरबन्द

ल्यो शिआबोकी विधवा ल्यो शिया सन् २०१० देखि आफ्नै घरमा नजरबन्दमा छिन्।

ल्यो शिआबोकी विधवालाई रिहा गर्न माग

अन्तिम संस्कारमा चाहिँ उनलाई सहभागी गराइएको थियो।

तस्वीर कपीराइट Handout/AFP

एकजना अधिकारीले ल्यो शिआबोको परिवारको इच्छा बमोजिम स्थानीय परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको बताएका छन्।

तिनै अधिकारीले ल्यो शियालाई रिहा गरिएको हुनसक्ने पनि बताए।

तर ल्यो शियाका वकिलले त्यसको खण्डन गर्दै ल्यो शिआबोको निधनपछि उनलाई सम्पर्कमा आउन नदिइएको बताएका छन्।

स्थानीय अधिकारीहरुले सार्वजनिक गरेको फोटोमा ल्यो शिया निकै दुःखी देखिन्छिन्।