भारतका नयाँ राष्ट्रपति निर्वाचित कोविंद को हुन्?

  • 20 जुलाई 2017
रामनाथ कोविंद तस्वीर कपीराइट PIB

रामनाथ कोविंद बिहारका राज्यपाल थिए।

शुरुमा राष्ट्रपति उम्मेद्वारको दौडमा उनको नाम उतिसारो चर्चामा थिएन्।

भारतीय जनता पार्टीको उत्तर प्रदेशका दलित नेता उनी दुई पटक राज्यसभाका सदस्य भएका थिए।

कोविंद भारतका नयाँ राष्ट्रपति निर्वाचित

उनीसँग दिल्ली हाइकोर्ट-सुप्रीम कोर्टमा १६ वर्ष कानून व्यवसायीको रुपमा अभ्यास गरेको अनुभव छ।

उत्तर प्रदेशबाट सन् १९९४ मा राज्यसभामा प्रवेश गरेका कोविंद १२ वर्षसम्म सांसद रहे।

त्यसक्रममा उनले आदिवासी, पेट्रोलियम र प्राकृतिक ग्यास, सामाजिक न्याय, कानून न्याय व्यवस्था र राज्यसभा हाउस कमिटी लगायतका विभिन्न संसदीय समितिमा सदस्य र अध्यक्षको रुपमा काम गरेका थिए।

सक्रिय सांसद

तस्वीर कपीराइट EPA

कोविंद गभर्नर्स अफ इंडियन इन्स्टिट्युट अफ म्यानेजमेण्टको पनि सदस्य थिए।

सन् २००२ मा उनले संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गरेका थिए। उनले अन्य कयौं देशको भ्रमण गरेका छन्।

उनले विद्यार्थी कालमा समेत संविधानमा सूचिकृत जाति, जनजाति र महिलाको हकहितको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको पाइन्छ।

१२ वर्ष सांसद हुँदा उनले शिक्षासँग जोडिएका कयौं मुद्दाहरु उठाएका थिए।

कानून व्यवसायमा हुँदा उनले गरीब र दलितको पक्षमा निशुल्क कानूनी लडाईं लडेको पनि बताइन्छ।

सन् १९७४ मा सविता कोविंदसँग वैवाहिक सम्बन्धमा गाँसिएका उनका एक छोरा र एक छोरी छन्।