किशोरी आमाहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

किशोरी आमाहरु

  • 21 जुलाई 2017

तान्जानीयाका अधिकारीहरुले विद्यालयमा पढिरहेका छात्राहरुले बच्चा जन्माएपछि फेरि फर्केर स्कूल आउन नपाउने नियमको बचाउ गरेका छन्।

ती किशोरी आमाहरुले अरु छात्राहरुलाई यौनजन्य कृयाकलाप गर्न प्रोत्साहित गर्ने उनीहरुको भनाइ छ।

किशोरी आमाहरुला‌ई बरु व्यावसायिक तालीम दिइने उनीहरु बताउँछन्।

तर अधिकारकर्मीहरु यस्तो नियम भेदभावपूर्ण भएको जिकिर गर्दछन्।

उनीहरुले किशोरी आमाहरु फेरि फर्केर स्कूल जान नपाउने नियम बदल्न पनि माग गरिरहेका छन्।

बीबीसी रिपोर्ट (भिडियो)