अफगान वायु सेना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अफगान वायु सेना

  • 25 जुलाई 2017

उत्तर एटलान्टिक सन्ध‌ि संगठन (नेटो) को मदत प्राप्त अफगान सेनाले गएको १६ वर्ष देखि तालिबान उग्रवादीहरुसंग लडाईं गरिरहेको छ।

तर उनीहरुलाई परास्त गर्न सकेको छैन।

त्यसैले अहिले नेटोले अफगान सेनालाई बलियो बनाउने रणनीति लिएको छ।

त्यसमा पनि खासगरी वायु सेनालाई नयाँ विमानहरु दिनुकासाथै पाइलटहरुलाई प्रशिक्षण पनि दिइरहेको छ।

विद्रोहीहरुसंग वायु सेना नभएकाले अफगान सैन्यलाई वायु सेनाको तालीम दिनु अत्यन्तै लाभदायी हुने नेटो अधिकारीहरु बताउँछन्।

तर के यो रणनीति सफल होला? बीबीसी रिपोर्ट (भिडियो)