मुद्दा खेप्दै पत्रकारहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मुद्दा खेप्दै पत्रकारहरु

  • 26 जुलाई 2017

टर्कीको एउटा धर्मनिरपेक्ष अखबार जम्हुरियतका १७ जना पत्रकार तथा व्यवस्थापकहरुले आतंकवादलाई सघाएको आरोपमा मुद्दा खेपिरहेका छन्।

उनीहरुले ती आरोपहरु अस्वीकार गरेका छन्।

उनीहरुले सरकारले स्वतन्त्र प्रेसको घाँटी निमोठन खोजेको आरोप पनि लगाएका छन्।

टर्कीमा अहिले झण्डै डेढसय जना पत्रकारहरु बन्दी अवस्थामा रहेको प्रेस स्वतन्त्रताको अनुगमन गर्ने संस्थाहरु बताउँछन्, जुन संसारमै सबैभन्दा बढी हो।

तर हालै बीबीसीसंग कुरा गर्दै टर्कीका राष्ट्रपति रेसेप तैय्यिप एर्दोआनले आफ्नो मुलुकमा जम्मा दुई जना पत्रकारमात्रै जेलमा रहेको बताएका थिए।

टर्कीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्थिति खुम्चँदै गएको भनी चिन्ता व्यक्त गरिएको छ।

बीबीसी रिपोर्ट (भिडियो)