तेस्रो लिङ्गीले सेनामा काम गर्न नपाउने: ट्रम्प

  • 26 जुलाई 2017
तेस्रो लिङ्गी तस्वीर कपीराइट EPA

अमेरिकी राष्ट्रपति ट्रम्पले तेस्रो लिङ्गी व्यक्तिहरुलाई अमेरिकी सेनामा काम गर्न नदिइने घोषणा गरेका छन्।

ट्वीटरमा दिइएको श्रृंखलाबद्ध अभिव्यक्तिहरुमार्फत ट्रम्पले तेस्रो लिङ्गी व्यक्तिहरुलाई कुनै पनि पदमा अमेरिकी सेनामा काम गर्न नदिइने बताएका हुन्।

वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसंगको सरसल्लाहपश्चात आफूले सो निर्णय लिएको उनले जनाए।

तेस्रो लिङ्गी व्यक्तिहरुले सेनालाई औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने उनले बताएका छन्।

यसै महिनाको शुरुमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले ओबामा प्रशासनले तेस्रो लिङ्गीहरुलाई सेनामा भर्ना लिने भनी पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए।