रुसद्वारा अमेरिकी प्रतिबन्धको प्रतिकार

  • 28 जुलाई 2017
रुस तस्वीर कपीराइट Getty Images

रुसले नयाँ अमेरिकी प्रतिबन्धहरुको प्रतिकार गर्दै रुसस्थित उसका कूटनीतिक कर्मचारीको संख्या ४५५ मा झार्न अमेरिकालाई भनेको छ।

केही सम्पत्तिको प्रयोग गर्न उसले प्रतिबन्ध समेत लगाएको छ।

अब अमेरिकी कर्मचारीको संख्या वासिङ्टनस्थित रुसी दूतावासमा रहेका कूटनीतिक कर्मचारीको संख्या बराबर हुनेछ।

तनाव

छुट्टीका लागि अमेरिकी कर्मचारीले प्रयोग गर्ने घर वा भवन र गोदामघर पनि आफूले नियन्त्रणमा लिएको रुसी विदेश मन्त्रालयले बताएको छ।

आंशिक रुपमा, नयाँ अमेरिकी प्रतिबन्धहरु सन् २०१४ मा युक्रेनबाट क्राइमियालाई गाभ्ने रुसी कदमलाई लिएर भएको हो।

डोनल्ड ट्रम्पका पूर्ववर्ती बराक ओबामाको प्रशासनले दुई वटा रुसी कूटनीतिक हाता कब्जामा लिन तथा ३५ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश दिएको कैयौं महिनापछि मस्कोको कदम आएको छ।