काबुलस्थित इराकी दूतावासमा आक्रमण

  • 31 जुलाई 2017
हमला तस्वीर कपीराइट AFP

अफ्गानिस्तानको राजधानी काबुलस्थित इराकी दूतावासमा एउटा आत्मघाती बम विस्फोट गराइएको छ।

तथाकथित इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ।

अफ्गानिस्तानको आन्तरिक मामिला मन्त्रालयका अनुसार एकजना आक्रमणकारीले दूतावासको प्रवेशद्वारमा आफूसहित विस्फोट गराएका थिए।

आक्कलझुक्कल गोली चलेको आवाज अहिले पनि सुन्न सकिने बताइएको छ।

निशाना

इराकी विदेश मन्त्रालयले दूतावासभित्रबाट दुईजना कर्मचारीलाई निकाल्ने प्रयास भइरहेको बताएको छ।

आक्रमणमा दुईजना अफ्गान सुरक्षा गार्ड मारिएको बताइएको छ।

दूतावास क्षेत्रको सडकलाई सुरक्षाकर्मीले घेरा हालेका छन् र सर्वसाधारणलाई त्यहाँबाट निकालिएको छ।

एकजना बीबीसी संवाददाताका अनुसार पहिलोपटक काबुलस्थित इराकी दूतावासलाई निशाना बनाइएको छ।

इराकी दूतावासले मोसुल शहरबाट आइएसलाई सुरक्षा फौजले धपाएकोमा हालै खुसियाली मनाएको थियो।