दुबइको 'टर्च टावर'मा आगलागी

  • 4 अगस्ट 2017
टर्च टावरमा आगलागी

संयुक्त अरब एमिरेट्सको दुबइस्थित एउटा ७९ तले आवासीय भवनमा ठूलो आगलागी भएको छ।

दुई वर्षमा सो भवनमा आगलागी भएको यो दोस्रो पटक हो।

सामाजिक सञ्जालमा राखिएका तस्बिरमा 'टर्च टावर' नामक सो भवनमा आगो फैलिदैँ गरेको र भवन भत्केर केही अंश सडकमा खसेको देखिएको छ।

अधिकारीहरुले पछि सो भवनबाट सुरक्षाकर्मीहरुले मानिसहरुलाई सफलतापूर्वक बाहिर निकालेको र आगो नियन्त्रण गरिएको बताएका छन्।

संसारका सबभन्दा अग्ला भवनमध्ये एक रहेको टर्च टावरमा कसरी आगो लाग्यो त्यो स्पष्ट भएको छैन।

केही घण्टासम्म लागेको त्यो आगो स्थानीय समयको ३:४० बजे नियन्त्रण गरिएको दुबइ सरकारको सञ्चार कार्यालयले जनाएको छ।