सबैभन्दा धेरै पढिएका साताका सात समाचार

  • 4 अगस्ट 2017

बीबीसी नेपाली सेवाको वेबसाइटमा सबैभन्दा धेरै पढिएका साताका सात समाचार।

भारत: बलात्कृत बालिकाको गर्भपतन निवेदन अस्वीकार

भारतको सर्वोच्च अदालतले एकजना १० वर्षे बालिकाको गर्भपतन गर्ने निवेदनलाई अस्वीकार गरेको छ।

http://www.bbc.com/nepali/news-40757685

विश्व व्यापार संगठनमा कतारको 'उजुरी'

साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स र बहरेनले आफूसँगको जारी व्यापार बहिष्कार गरेको भन्दै त्यस विरुद्ध कतारले विश्व व्यापार संगठन (डब्लुटिओ)मा 'उजुरी दर्ता' गरेको बताइएको छ।

http://www.bbc.com/nepali/news-40790988

भारत: एकतिहाइ क्षेप्यास्त्र परीक्षणमा विफल

एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको भन्दै लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने औंल्याएको छ।

http://www.bbc.com/nepali/news-40765582

'आधाजति विद्यार्थीमाथि यौन दुर्व्यवहार'

अष्ट्रेलियाली विश्वविद्यालयका आधा भन्दा बढी विद्यार्थीहरु सन् २०१६ मा कम्तीमा एकपटक यौन दुर्व्यवहारको सिकार भएको त्यहाँ गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ।

http://www.bbc.com/nepali/news-40789410

भारतमा 'कपाल चोर'को आतंक

भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन्।

http://www.bbcnepali.com/nepali/news-40819747

ट्रम्पद्वारा 'समस्याग्रस्त' विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनिच्छापूर्वक हस्ताक्षर गरेपछि त्यो कानूनमा परिणत भएको छ।

http://www.bbcnepali.com/nepali/news-40810190

'सम्पूर्ण अमेरिका आफ्नो क्षेप्यास्त्रको पहुँचमा'

उत्तर कोरियाले उसको पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई सफल भन्दै अमेरिकाका लागि 'कडा चेतावनी' दिन उक्त परीक्षण गरिएको बताएको छ।

http://www.bbcnepali.com/nepali/news-40761756