भरतपुर: प्रमुखका उम्मेदवारबीच मत अन्तर घट्दो

  • 5 अगस्ट 2017
चितवन

भरतपुर महानगरपालिकामा जारी मतगणना अनुसार प्रमुख पदका लागि लडिरहेका एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुबीच मत अन्तर घट्दै गएको छ।

एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ४ सय १८ मत ल्याएका छन्।

भरतपुरमा मतगणना: प्रमुखमा एमाले अगाडि

माओवादी केन्द्रकी रेणु दाहालले ४२ हजार ४ सय १४ मत ल्याएकी छन्।

यसैगरी उपमेयरमा काँग्रेसकी पार्वती शाहले ४६ हजार ३ सय ८० र एमालेकी दिव्या शर्माले ३९ हजार ५६ मत प्राप्त गरेको बीबीसीका चितवन संवाददाता ईश्वर जोशीले जनाएका छन्।