भरतपुर: प्रमुख पदमा रेणु दाहालको अग्रता

  • 5 अगस्ट 2017
रेणु दाहाल र देवी ज्ञवाली

भरतपुर महानगरपालिकामा भएको स्थानीय चुनावको पछिल्लो मतगणना अनुसार माओवादी केन्द्रबाट प्रमुख पदकी उम्मेदवार रहेकी रेणु दाहालले अग्रता हासिल गरेकी छन्।

उनले एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा ५७ मत बढी ल्याएकी छन्।

उनले ४२ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन्।

ज्ञवालीले ४२ हजार ५ सय ३२ मत पाएका छन्।

भरतपुर: प्रमुखका उम्मेदवारबीच मत अन्तर घट्दो

अब १३ सय २ मत गणना गर्न बाँकी रहेको बीबीसीका चितवन संवाददाता ईश्वर जोशीले जनाएका छन्।