उत्तर कोरियाविरुद्ध समर्थन जुटाउने प्रयत्न

  • 5 अगस्ट 2017
टिलर्सन तस्वीर कपीराइट Reuters

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले दक्षिण-पूर्वी एसियाको भ्रमण शुरु गरेका छन्।

आफ्नो भ्रमणका क्रममा उनले उत्तर कोरियाविद्ध कडा नीति लिने दिशामा ती मुलुकको समर्थन जुटाउन प्रयास गर्ने अपेक्षा गरिएको छ।

मनिलामा दक्षिण-पूर्वी एसियाली मुलुकहरुको क्षेत्रीय संगठन आसियानको शिखर बैठकको सेरोफेरोमा टिलर्सनले विभिन्न देशका विदेशमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन्।

संवाददाताहरुका अनुसार विदेशमन्त्रीलाई उनीहरुको देशभित्र कोरियाली व्यापार बन्द गर्ने कार्यमा सघाउन टिलर्सनले आग्रह गर्नेछन्।

नाकाबन्दी

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमलाई लिएर प्योङयाङविरुद्धको नाकाबन्दी थप सुदृढ बनाउने विषयमा अमेरिकाले तयार पारेको प्रस्तावमाथि शनिवार राति मतदान गराउने अपेक्षा गरिएको छ।

उक्त प्रस्तावलाई रुस र चीनले समर्थन गरेको बताइएको छ।

अमेरिकी प्रस्तावमा उत्तर कोरियाली महत्त्वपूर्ण निर्यातमाथि प्रतिवेदन लगाउने विषय पनि समेटिएको छ, जसबाट उसले वार्षिक एक अर्ब डलर राजश्व उठाउँछ।

उत्तर कोरियाले यो वर्ष लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दो छ।