भरतपुरको मतगणना सम्पन्न

  • 5 अगस्ट 2017
मतगणना

भरतपुर महानगरपालिकाको मतगणना केहीबेरअघि सकिएको अधिकारीहरुले बताएका छन्।

अहिले केहीबेरमा औपचारिक रुपमा नतिजा सार्वजनिक गरिने तयारी भइरहेको बताइएको छ।

मतगणना सकिनुभन्दा केही अघिसम्म नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी थिइन्।

भरतपुरमा सत्तारुढ घटकहरु काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार उठाएका थिए।

गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय चुनावको मतगणना गर्ने क्रममा भरतपुर वडा नम्बर १९ का मतपत्र च्यातिएका थिए।