'सैनिक अखडामाथिको आक्रमण विफल'

  • 6 अगस्ट 2017
अखडा तस्वीर कपीराइट Twitter

भेनेजुएलाका अधिकारीहरुले भेलेन्सिया शहरस्थित एउटा सैनिक अखडामा गरिएको आक्रमणलाई विफल तुल्याइएको बताएका छन्।

सत्तारुढ युनाइटेड सोसियालिस्ट पार्टीका एकजना नेताले आक्रमणमा संलग्न भएकाहरुलाई 'भाडाका आतंकवादी' भनेका छन्।

घटनापछि कैयौँलाई गिरफ्तार गरिएको उनले बताए।

उनका अनुसार आन्तरिक सुरक्षा सुनिश्चित गर्नका निम्ति सेना परिचालन गरिएको छ।

'कू होइन'

सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा सेनाको पोशाकमा देखिएका मानिसहरुको समूहले भेनेजुएलामा प्रजातन्त्र बहालीका लागि आन्दोलन शुरु गर्न लागेको बताएको छ।

सो समूहले आफूलाई ४१औं ब्रिगेडको संज्ञा दिएको छ।

समूहका नेताले भनेका छन्, "यो कुनै कू होइन, यो त देशमा संवैधानिक व्यवस्था फर्काउनका निम्ति सैनिक र नागरिकद्वारा चालिएको कदम हो।"

भेलेन्सिया शहर उत्तर-पश्चिमी राज्य काराबोबोमा पर्दछ।