इजरेलमा अलजजिरा ‘बन्द गरिने’

  • 6 अगस्ट 2017
बन्द तस्वीर कपीराइट Reuters

इजरेली सरकारले आफ्नो देशमा रहेको अलजजिरा टेलिभिजनको कार्यालय बन्द गर्न र उसका पत्रकारहरुको अनुमतिपत्र खारेज गर्न चाहेको जनाएको छ।

इजरेली सञ्चारमन्त्री अयूब काराले उक्त टेलिभिजनले 'आतंकवाद'लाई समर्थन गरेको आरोप लगाए।

उनले अलजजिराका अंग्रेजी र अरेबिक दुवै भाषाका प्रसारण बन्द गरिने बताए।

के अलजजिरा जोगिएला?

त्यस्तो घोषणा गरिएको पत्रकार सम्मेलनमा आफ्ना पत्रकारलाई प्रवेश नदिइएको अलजजिराले बताएको छ।

बचाउ

हालै इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अलजजिराले स्थिति भड्काउने गरेको आरोप लगाएका थिए।

अलजजिराले आफ्नो बचाउ गर्दै एक स्वतन्त्र प्रसारक भएको बताएको छ।

मुस्लिमहरुले हरम अल-शरिफ र यहुदीहरुले टेम्पल माउण्टका नामले चिन्ने जेरुसलेमस्थति पवित्रस्थलमा हालै भएको घटनालाई अलजजिराले उक्साएको नेतन्याहुको आरोप छ।

केबल टेलिभिजन प्रसारकहरुले अलजजिराका अंग्रेजी र अरेबिक दुवै भाषाका प्रसारण हटाउन सहमत भएको सञ्चारमन्त्री काराले बताएका छन्।