'आक्रमणमा संलग्न व्यक्तिलाई कडा सजाय'

  • 7 अगस्ट 2017
खोजबिन तस्वीर कपीराइट AFP
Image caption भलेन्सियाको सैनिक अखडा आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी तीव्र बनाइएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले आइतबार भलेन्सिया नगरको सेनाको अखडामा गरिएको आक्रमणपछि पक्राउ गरिएका संदिग्ध व्यक्तिहरुमाथि कडा कारबाही गर्नु पर्ने बताएका छन्।

मडुरोका अनुसार सो आक्रमणमा संलग्न एकजना पूर्व सैनिक अधिकारी हुन भने बाँकी गैरसैनिक थिए। उनले ती गैरसैनिक व्यक्ति "भाडाका सिपाही" भएको बताए।

आक्रमणमा संलग्न एक व्यक्ति घाइते भएका छन्। दुई जना आक्रमणका बेला मारिएका थिए।

हतियारधारी अर्को समूह भने आक्रमण लगत्तै भाग्न सफल भएको थियो।

सोधपुछ

आक्रमणमा संलग्न भएका संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरी कराकास ल्याइएको छ। उनीहरुसँग घटनबारे सोधपुछ भइरहेको छ।

घटनामा संलग्न व्यक्तिहरुको खोजबिन तीव्र बनाइएको बताइएको छ।

सामाजिक सञ्जालमा राखिएको एक भिडिओमा पोशाक लगाएका केही पुरुषहरुले "हत्यारा शासन"विरुद्ध आफूहरुले विद्रोह थालेको बताएका थिए।

मडुरो नेतृत्वको सरकारविरुद्ध भेनेजुएलामा केही महिनाअघि देखि नै प्रदर्शनहरु भइरहेका छन्।