प्यारिसमा सैनिक समूहलाई कारको ठक्कर

  • 9 अगस्ट 2017
कार तस्वीर कपीराइट Reuters

प्यारिसको बाहिरी भेगमा पर्ने लुभाल्वा पेरेमा एउटा कारले गस्तीमा रहेका सैनिकहरुको एक समूहलाई ठक्कर दिँदा कम्तीमा ६ जना सैनिक घाइते भएको अधिकारीहरुले बताएका छन्।

उनीहरुमध्ये दुईजना गम्भीर घाइते भएको बताइएको छ।

घटनापछि प्रहरीले आवश्यक कारबाही गरिरहेको खबर प्राप्त भएका छन्।

घटनामा संलग्न कार तथा चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ।

आपतकाल

स्थानीय नगर प्रमुखले जानीजानी घटना गराइएकोमा 'कुनै शंका' नरहेको प्रतिक्रिया दिएका छन्।

कार ठोकाउनुको उद्देश्यबारे प्रहरीले समीक्षा गरिरहेको बताइएको छ।

सन् २०१५ को नोभेम्बरदेखि फ्रान्समा आपतकालीन अवस्था रहिआएको छ।

त्यसयता जिहादीहरुको आक्रमणमा सय जनाभन्दा बढीको ज्यान गएको छ।