‘बाढीपहिरोमा ४९ को मृत्यु, १७ बेपत्ता’

  • 13 अगस्ट 2017
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बाढीको विनाश

गृह मन्त्रालयले पछिल्लो दुई दिनयता बाढीपहिरोका कारण ज्यान गुमाउने मानिसहरुको संख्या ४९ पुगेको बताएको छ।

आइतबार अपरान्ह १ बजेसम्मको विवरण अनुसार, अन्य १७ जना बेपत्ता रहेको मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका प्रमुख शंकरहरि आचार्यले जानकारी दिए।

तस्वीर कपीराइट MOHA

सबैभन्दा बढी सुनसरीमा ८ जनाको ज्यान गएको छ।

बाढीपहिरोका कारण देशभर ३ सयभन्दा बढी घरमा क्षति पुगेको पनि अधिकारीहरुले बताएका छन्।